समाचार

आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको शतक



काठमाडौँ, १६ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ बाट लोकेश बमले शतक बनाएका छन् ।

पहिलो टी–२० क्रिकेटमा आयरल्यान्ड ‘ए’ ले दिएको दुई सय २३ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपाल ‘ए’ का लागि ओपनर ब्याट्सम्यान बमले शतक बनाएका हुन् ।

प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका लोकेशले ५२ बलमा आफ्नो शतक पुरा गरेका हुन् । यसक्रममा उनले आठ छक्का र आठ चौका हिर्काएका थिए । उनलाई गतिलो साथ दिइरहेका आरिफ शेख ४५ रन बनाउँदै क्रिजमा छन् । नेपाललाई जितका लागि २९ बलमा ४० रन चाहिएको छ ।