अर्थ

नेप्से परिसूचक १.८५ अंकले घट्यो



काठमाडौँ, २० चैत । सेयर बजारमापक नेप्से परिसूचक आज १.८५ अंकले घटेर २०१०.२१ विन्दुमा झरेको छ ।

३१२ धितोपत्रको ६१ लाख ३१ हजार ६२१ कित्ता सेयर दुई अर्ब २९ करोड १६ लाख ४६ हजार ५८५ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आज १३ वटा उपसमूहमध्ये ६ वटाको समूहगत सूचक बढेको छ । सात वटाको समूहगत सूचक घटेको छ ।

यसदिन गुरास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । ज्योति विकास बैंक बोन्ड २०८७ को सेयर मूल्य सर्वाधिक ७.५० प्रतिशतले घटेको छ ।