काठमाडौँ, २१ चैत । नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ ।
नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ३७५ रुपैयाँ तोकिएको छ । त्यस्तै, ठुलो अण्डा प्रति क्रेटको मूल्य ३९० रुपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ४०५ रुपैयाँ कायम गरिएको छ ।
सङ्घले नयाँ समर्थन मूल्य जारी गर्दै त्यसैअनुरूप कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ । इटहरी, धनगढी र काठमाडौँमा यही चैत १९ देखि २१ सम्म भएको सङ्घको व्यवसायी भेलाले अण्डाको समर्थन बिक्री मूल्य तय गरेको सङ्घले जनाएको छ ।
भौतिक र भर्चुअल रूपमा भएको बैठकमा अण्डाको उत्पादन र बजार अवस्थाका बारेमा गम्भीर रूपमा छलफल भएको सङ्घले जनाएको छ । ३० हजारभन्दा माथि अण्डा उत्पादक छन् ।
प्रतिक्रिया दिनुहोस्