समाचार

खोरेतविरुद्धको खोप अभियान



काठमाडौँ, २४ चैत । चितवन जिल्लाको कालिका नगरपालिकामा खोरेतविरुद्धको खोप अभियान प्रारम्भ भएको छ ।

पालिकाका पशु विकास अधिकृत ईश्वरीप्रसाद पौडेलका अनुसार पालिकको पशु सेवा शाखा र दुग्ध उत्पादन सहकारीहरुको समन्वयमा अभियान थालिएको हो । अभियानअन्तर्गत पालिकाका  सबै वडाका ६ हजारभन्दा बढी पशुलाई खोप लगाइने छ ।

आजदेखि थालेको अभियान वैशाख ५ गते सम्म सञ्चालन हुनेछ । पहिलो चरणमा गाई, भैँसी र बङ्गुरलाई खोपलगाइनेछ । बाख्रालाई भने भर्खरै पिपीआर रोगविरुद्धको खोप लागएकाले केही समयपछि मात्र खोरेतविरुद्धको खोप लगाइने छ । 

खोरेत लागेका पशुको खुट्टा तथा मुखको वरिपरि घाउ हुने, गन्हाउने, पाक्ने, ज्वरो आउनेलगायत लक्षण देखिने भएको छ । अभियानलाई सफल पार्न किसानका घरगोठमा पुगेर खोप लगाइने छ ।