समाचार

मुस्ताङ भित्रिने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परीक्षण



काठमाडौँ, २६ चैत । मुस्ताङ भित्रिने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । 

गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराले जिल्ला प्रहरी कार्यालय मुस्ताङसँग समन्वय गरेर घरपझोङ गाउँपालिका–४ जोमसोम स्थित पर्यटक प्रहरी चोक पोष्ट परिसरमा आइतबार शिविर स्थापना गरेर स्वास्थ्य परीक्षण गर्न थालेको हो । 

प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले तिर्थयात्रा, भ्रमण, पदयात्रा र अवलोकनका लागि मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर शिविर सञ्चालन गरिएको जानकारी दिए ।