अर्थ

रुसका बाढीग्रस्त शहरमा नागरिकलाई सुरक्षित ठाउँमा सार्न निर्देशन



एजेन्सी, १ बैशाख । रुसका बाढीग्रस्त शहरमा नागरिकलाई सुरक्षित ठाउँमा सार्न निर्देशन दिइएको छ । मुख्यगरी ओरेनबर्गले घातक बाढीको सामना गर्नुपरेको र ठूलो सङ्ख्यामा मानिसलाई सुरक्षित ठाउँमा सार्न निर्देशन दिइएको समाचार संस्था एएफपीले जनाएको छ ।

त्यहाँ युराल नदीमा पानीको बहाव बढ्दै जाँदा बाढीको जोखिम उच्च छ । ठूलो पानी परेपछि रूस र काजकिस्तान पार गर्ने थुप्रै प्रमुख नदीहरू उर्लेका छन् । जोखिम रहेका ओरेनबर्गसहित मुख्य क्षेत्रमा साइरन बजिरहेको छ । पछिल्लो १० घण्टामा युराल नदीमा पानीको सतह ४० सेन्टिमिटर बढेको छ । पश्चिमी साइबेरियामा इशिम नदी पनि खतरनाक स्तरमा पुगेको टियुमेन क्षेत्रका अधिकारीले बताएका छन् ।