राजनीति

कांग्रेससहितको समीकरणमा एकीकृत समाजवादी जाँदैन : झलनाथ खनाल



काठमाडौँ, ४ वैशाख । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कांग्रेससहितको समीकरणमा एकीकृत समाजवादी नजाने बताएका छन् ।

वामपन्थीहरूलाई बलियो बनाएर जानुपर्ने आवश्यकता रहेको बताउदै नेता खनालले देशको परिस्थितिले वामपन्थीको बलियो सरकार माग गरेको बताए । कांग्रेससँग समीकरण गरेर जान नहुनेमा उनले जोड दिए । बरु, प्रतिपक्षमै बसेर पार्टी निर्माणमा लाग्नुपर्ने उनको मत छ ।

खनालले भने, ‘हाम्रो पार्टी दक्षिणपन्थी समीकरणमा सहभागी हुँदैन । वामपन्थी समीकरणमा एक–आपसमा सम्मान र सहकार्य हुनुपर्छ । यसलाई एमाले र माओवादीले गम्भीरतापूर्वक लिनुपर्छ । यदि, त्यो ढंगले दलहरू अगाडि बढेनन् भने उनीहरूकै लागि दुर्भाग्य हुनेछ । देशलाई समाजवादीकै दिशामा अगाडि बढाउने हो भने विगतबाट शिक्षा लिएर अगाडि बढ्नुको विकल्प छैन ।’