राजनीति

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान



काठमाडौँ, २० वैशाख । बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुनः नियमित उडान भएको छ ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार विगत चार दिनदेखि रोकिएका उडान बिहीबार बिहानदेखि नियमित भएको हो ।

विगत चार दिनदेखि पोखरा विमानस्थलमा उडान भएको थिएन । आज भिजिबिलिटी पुगेकाले उडान सुरु भएको छ । मौसममा सुधार आएसँगै बिहीबार बिहानैदेखि नियमित उडान भएको उनले बताए । पोखरा आसपासका क्षेत्रमा डढेलो लागेको र तुवाँलोका कारण भिजिबिलिटी नपुग्दा विमानस्थल बन्द भएको जनाइएको छ । चार दिनसम्म उडान नहुँदा यात्रीले वैकल्पिक मार्ग प्रयोग गरेका थिए ।