अर्थ

स्रोत नखुलेको नगदसहित एक जना पक्राउ



काठमाडौँ, ४ बैशाख । रौतहटको गौर नगरपालिका-१ बाट स्रोत नखुलेको नगद ५ लाख ४९ हजार रुपैयाँसहित राजदेवी नगरपालिका-१ बस्ने २५ वर्षीय सन्तोष कुमार बैठालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको गस्ती प्रहरीले गस्ती गर्दै जाने क्रममा साइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि नगदसहित भन्सार कार्यालय गौर रौतहटमा बुझाइएको छ ।