समाचार

जीप दुर्घटना हुँदा ८ जना चिनियाँ पर्यटक घाइते



काठमाडौँ, ६ बैशाख । पोखराको राष्ट्रबैंक चोकमा माइक्रो र स्कार्पिओ आपसमा ठोकिँदा ८ जना घाइते भएका छन् ।

कास्की प्रहरीका अनुसार ड्यासाइडबाट रत्नचोक तर्फ जाँदै गरेको बा १३ च ५१३ नम्बरको स्कार्पियो र लेकसाइडबाट मुस्ताङ चोक तर्फ आइरहेको बा १ प ८५१ नम्बरको माइक्रो हाइस ठोक्किएका हुन् । 

घाइतेहरू सबै चिनियाँ नागरिक हुन् । हाइसमा १३ जना चिनियाँ नागरिक सवार थिए । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।

सबैको अवस्था खरामुक्त छ । स्कारपिओले राष्ट्रबैंकमा रहेको एक्सप्रेस मनिचेन्जरमा क्षति पुगेको छ ।