समाचार

एसीसी प्रिमियर कपको सेमिफाइनलमा यूएई र नेपाल भिड्दै



काठमाडौँ, ७ वैशाख । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

समूह ‘ए’को विजेता नेपाल र समूह ‘बी’को उपविजेता यूएईबीच पहिलो सेमिफाइनलमा भेट भएको हो। यूएई नेपालका लागि चिरपरिचित प्रतिद्वन्द्वी हो। यो खेल शुक्रबार बिहान ११ : ४५ मा सुरु हुँदैछ। नेपाल समूह ‘ए’ मा अपराजित रहँदै समूह विजेता बनेको हो ।

अघिल्लो शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको थियो। तेस्रो खेलमा हङकङमाथि आठ विकेटको शानदार जित दर्ता गरेको नेपालले अन्तिम खेलमा साउदीलाई ६ विकेटले हराएको थियो ।

सेमिफाइनलको दोस्रो भिडन्त आयोजक ओमान र हङकङ बिच हुँदैछ । ओमान समूह ‘बी’को विजेता हो भने हङकङ समूह ‘ए’को उपविजेता हो। यो खेल दिउँसो ४:१५ बजे सुरु हुँदैछ ।