समाचार

चैतमा ७० हजारद्वारा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति



काठमाडौँ, ७ वैशाख । चैत महिनामा ७० हजार भन्दा बढी नेपालीहरूले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार २०८० को चैत महिनामा ७० हजार ९३३ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा ६४ हजार २४१ जना पुरुष र छ हजार ६९२ जना महिला रहेका छन् ।

श्रम स्वीकृति लिएर ४२ हजार ४९० जना विदेश गएका छन् भने २८ हजार ४४३ जनाले पुन श्रम स्वीकृति लिएका छन् । चैत महिनामा सबैभन्दा बढी युएई गएका छन् । युएईका लागि १७ हजार ८१८ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा १५ हजार ४८३ पुरुष र दुई हजार ३३५ महिला रहेका छन् । त्यस्तै साउदी अरेबियाका लागि १३ हजार ६४१, कतारका लागि ११ हजार २०२, मलेसिया १२ हजार ६०२, कुवेत चार हजार ७६, रोमानिया दुई हजार २९९ जनाले श्रम स्वीकृति लिएका छन् ।

गत साउनदेखि चैत महिनासम्म ९ महिनाको तथ्याङ्क हेर्दा पाँच लाख ४२ हजार १३४ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । चालु आर्थिक वर्षको साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मङ्सिरमा ७१ हजार २७६, पुसमा ६५ हजार ८१३, माघमा ६२ हजार १४७ र फागुनमा ६५ हजार ६५८ जनाले श्रम स्वीकृति लिएर विदेश गएका विभागको तथ्याङ्कमा उल्लेख छ ।