राजनीति

कांग्रेसलाई रविले भने – मलाई लखट्ने काममा निरन्तरता दिनु होला



काठमाडौँ, ११ वैशाख । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसलाई आफूविरुद्ध प्रमाण देखाउन चुनौती दिएका छन् ।

रास्वपाका सभापति लामिछानेले इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सरकारमा हुँदा आफूविरुद्ध छानबिन गरे पनि नसकेर मिडिया चलाएको दाबी गरे ।

उनले भने यीनै को सरकार भएको बेलामा होइन प्रहरी लगाएर छानबिन गरेको के ठग्यो रु कहाँबाट कसरी ठग्यो रु भएभरको सबै शक्ति लगाएर छानबिन गरेको होइन । नसकेपछि मिडिया चलाएको होइन र रु प्रमाण भेटिदा आफ्नै दलको त्यति ठूलो नेता बालकृष्ण खाणलाई घरबाट कठालो समातेर कोच्नेले मलाई माया गरेर छाडेका होलान् त रु केही भेटिए पो थुन्नु ।
उनले थपे, ‘लागेका आरोप लागिरहन्छन् तर जनताको मुद्दा बोकेर हिँडेका आफ्नो मुद्दामा धेरै चिन्ता लिनुपर्दैन जोगाउने जनता छन् । जनताले चाहे भने अगाडि बढाउँछन् । त्यसैले मिलनजी धेरै चिन्ता नगर्नुस् नलखेटेको भए म धेरै भए वडाध्यक्ष हुन्थे होला । धेरै लखेटेर यहाँ पुगेको छु । अब किन नलखेट भन्ने हेर्नुस् त लखेट्दाको फाइदा, लखेट्दा देशको उपप्रधान तथा गृहमन्त्री बनाइदिएका छन् । त्यसैले कृपया लखेट्ने कामलाई निरन्तरता दिनुहोला ।