समाचार

६६ वर्षीया वृद्धा बलात्कृत



काठमाडौँ, ११ वैशाख । उदयपुरमा ६६ वर्षीया वृद्धा बलात्कृत भएकी छिन् ।

प्रहरीका अनुसार बलात्कार आरोपमा उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४, लाकु बस्ने ५७ वर्षीय श्याम शेर राईलाई पक्राउ गरेको छ ।

राईले ती महिलालाई ज्यान मार्ने धम्कीसमेत दिई आइतबार दिउँसो जबरजस्ती करणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका राईमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।