Banner News

राष्ट्रपति पौडेल र कतारका राजाबीच भेटवार्ता



काठमाडौँ, ११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर ( राजा ) शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटमा दुवै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको छ ।  यस्तै भेटमा नेपाल र कतारबिच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए । 

सो भेटवार्तामा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उर्जा तथा जलस्रोत मन्त्री शक्ति वस्नेत, परराष्ट्र सचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवम सल्लाहकार सहभागी छन् । साथै सो भेटघाटमा कतारको उच्च प्रतिनिधिमण्डलकोसमेत सहभागिता छ ।