समाचार

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति यूएईबाट पक्राउ



काठमाडौँ, १३ वैशाख । इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति यूएईबाट पक्राउ परेका छन् ।

वैदेशिक रोजगार कसुर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका बाँके खजुरा गाउँपालिका, २ सीतापुरका कमल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । 

एनसीबी अबुदावी यूएईको समन्वयमा विश्वकर्मालाई यूएईमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई कारबाहीका लागि बुधबार नेपाल ल्याइएको प्रहरीले जानकारी दिएको छ ।