समाचार

६ घण्टापछि आगो नियन्त्रणमा



काठमाडौँ, १३ वैशाख । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा हिजो दिउँसो लागेको आगो ६ घण्टापछि नियन्त्रणमा आएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार तीव्र हावा चलिरहेको बेला हिजो दिउँसो करीब २ बजे  आगलागी भएको थियो । बेलुका अबेर आगो पूर्णरुपमा नियन्त्रणमा आएको हो ।

आगलागीबाट मटिहानीमा करिब एक सय घर जलेका छन् । घटनासम्बन्धी विस्तृत विवरण आजसम्म मात्रै थाहा पाउन सकिने छ । घरबारविहिन बनेका मटिहानीका पीडित परिवारलाई नेपाल रेडक्रस सोसाईटी महोत्तरी शाखाले तत्काल त्रिपाललगायतका राहत सामग्री प्रदान गरेको छ ।

आगलागीबाट पाँच खसीबाख्रा र दुई सँुगुर समेत मरेका प्रहरीले जनाएको छ । बस्तीभरि फैलिएको आगो निभाउन १० वटा दमकल प्रयोग गरिएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र भारतीय सुरक्षाकर्मीसहित स्थानीयको सहयोगमा आगो निभाइएको हो ।