राजनीति

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै



सुर्खेत, १३ वैशाख । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिन लागेका हुन् । 

उनी गत चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका हुन् । सत्ता गठबन्धनका दुई ठूला दल एमाले र माओवादी केन्द्रबीच लामो समयको रस्साकसीपछि मुख्यमन्त्री कँडेलले बुधबार माओवादी केन्द्रका रणसिंह परियारलाई बिनाविभागीय मन्त्री नियुक्त गरेर आज विश्वासको मत लिन लागेका हुन् ।