समाचार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौँ, १३ वैशाख । पर्सामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

पर्सा प्रहरीका अनुसार आज बिहान वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ नम्बरको मोटरसाइकलमा सवार अर्जुन पटेलको मृत्यु भएको हो । उनको नाम पहिचान भएपनि ठेगाना पहिचान भइनसकेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेर घाइते भएका उनको थप उपचारको क्रममा मृत्यु भएको हो । वीरगन्जबाट सुख्खा बन्दगाहतबाट आइरहेको ना १८ प ९८१६ नम्बरको मोटरसाइकलसँग विपरीत दिशाबाट आइरहेको सो मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । 

दुइवटै मोटरसाइकलमा सवार अन्य तीन जना भने खत्तरामुक्त रहेको र उनीहरुको अस्पतालमा उपचार भइरहेको छ ।  दुर्घटनामा परेका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । तीव्र गतिमा मोरटसाइकल चलाइएकोले दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।