राजनीति

कांग्रेस र एमाले मिलेर तत्काल सरकार बन्दैन : पूर्वपरराष्ट्र मन्त्री साउद



काठमाडौँ, १५ वैशाख । पूर्वपरराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर तत्काल सरकार बन्ने अवस्था नरहेको बताएका छन् ।

आज नेपाल प्रेस युनियन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता साउदले प्रमुख राजनीतिक दलहरूले सत्ताकै लागि सरकार गठन गर्न नहुने धारणा राखेका हुन् ।

उनले भने, ‘प्रशासनिक सत्ता साझेदारी वा सहजताका लागि मात्रै प्रमुख राजनीतिक दल मिलेर सरकार बन्न सक्दैन,’ ‘सत्ता साझेदारी जनाउने कुराका लागि मात्रै प्रमुख राजनीतिक पार्टी नै सरकारमा जाने क्रम मुलुकमा चल्यो भने जनताको नजरमा लोकतन्त्रको मूल्य घट्न सक्छ ।’