समाचार

आगलागीबाट पन्ध्र घर जलेर नष्ट



काठमाडौँ, १९ वैशाख । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ४ सानोपोटा गाउँमा आगलागी १५ घर जलेका छन् ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार नजिकको सामुदायिक वनबाट फैलिएको आगोले ती घर जलेका हुन् । आगलागीबाट १५ घर, १० गोठ र आठवटा शौचालय जलेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार महादेवटार सामुदायिक वनमा लागेको आगो सानोपोटा गाउँमा फैलिएको हो । नेपाली सेना, स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले आगो निभाएको थियो । वनको आगो भने अझै निभाउन नसकिएको स्थानीयले बताएका छन् ।