समाचार

अश्लील भिडियो बनाएर ब्ल्याक मेल गर्ने युवा पक्राउ



काठमाडौँ, १९ वैशाख । अश्लील भिडियो बनाएर ब्ल्याक मेल गर्दै पटक पटक  करणी गर्ने एक युवा रुपन्देहीबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १३ मा बस्ने ३६ वर्षीय सिद्धार्थ गुरुङ एक महिलालाई ब्ल्याक मेल गरी करणी गरेको अभियोगमा पक्राउ परेका हुन् । 

गुरुङले लगातार धम्की दिएर ती महिलालाई करणी गरेको आरोप लागेको छ । जबरजस्ती करणी अभियोगमा गुरुङलाई पक्राउ गरिएको हो । गुरुङले सुरु सुरुमा ती महिलालाई दिदी भनेर नाता लगाएको र पछि अश्लील भिडियो बनाएर पटक पटक बलात्कार गरेको महिलाको आरोप छ । ती महिला र गुरुङ केही समय व्यापारिक साझेदार समेत रहेको खुलेको छ ।