राजनीति

उपनिर्वाचनले एमालेको लोप्रियता प्रमाणित गर्यो : प्रदीप ज्ञवाली



काठमाडौँ, १९ वैशाख । नेकपा एमालेका उप महासचिव तथा स्कुल बिभाग प्रमुख प्रदिप ज्ञवालीले इलाम र बझाङको उपनिर्वाचनले एमालेको लोप्रियता प्रमाणित गरेको बताएका छन् ।

पार्टीको तीन दिने कार्यकर्ता प्रशिक्षणका क्रममा बैतडी पुगेएका ज्ञवाललीले इलाममा बियज कायम राख्नु र बझाङमा सिट थप्नुले एमालेको लोकप्रियता र राष्ट्रिय राजनीतिमा एमाले अपरिहार्य रैछ भन्ने प्रमाणित भएको बताए । उनले यो उपनिर्वाचनले नयाँ हौँ भन्नेहरु र राजा ल्याउछौं भन्नेहरुको अवस्था पनि थाहा भएको बताए ।

उनले भने, इलाम र बझाङको निर्वाचनले नयाँ हौँ भन्नेहरुको अवस्था पनि देखियो, राजा फर्काउछौं भन्नेहरुले हजार भोट पनि कटाउन सकेनन् ।’

उनले पानी कति तातो चिसो छ भन्ने थाहा पाउन एउटा ओैला डुबाएर परिक्षण गर्दा थाहा हुने बताउदै यो चुनावले एमालेको अवस्था थाहा भएको दाबी गरे।