राजनीति

टोखामा आइसिटी वेस सर्भिस डेलिभरी



काठमाडौँ, २५ वैशाख । टोखा नगरपालिकाले नगरपालिकाको कामलाई प्रविधि मैत्री बनाउँदै गएको छ । सूचना र प्रविधिको उच्चतम प्रयोग गरी नगरपालिकाले आफ्नै अत्याधुनिक प्रशासनिक भवन निर्माण गरेसँगै गाउँपालिकाको कामलाई सूचना र प्रविधि मैत्री बनाउँदै गएको टोखा नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका सबै शाखा र वडा कार्यालयहरूबाट प्रदान गरिने सेवालाई आइसिटी वेस सर्भिस डेलिभरीको रूपमा विकास गर्नका लागि सफ्टवेयरहरू निर्माण भएका छन् भने केही निर्माणका क्रममा छन् । लेखालाई व्यवस्थापन गर्नका लागि संघीय सरकारद्वारा जारी गरिएको सूत्र प्रणाली लागू गरिरहेका छ । राजस्वलाई आइसिटी वेस बनाउनका लागि वेभवेस सिस्टम, आरएमएस सिस्टम लागू गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नगरपालिकाको कामलाई पूर्णत प्रविधि मैत्री बनाउँदै लगिएको बताउनुभयो । उहाँका अनुसार शिक्षा र स्वास्थ्यसम्बन्धी धेरै सफ्टवेयरहरू प्रयोगमा ल्याएका छौँ । वडा कार्यालयहरूबाट पञ्जीकरण सम्बन्धी सेवा आइसिटी वेस सिस्टमहरूको प्रयोगबाट सेवा प्रवाह गरिरहेका छौँ । नगरपालिकाले गर्नुपर्ने विभिन्न प्रकारका सिफारिसहरू अनलाइन मार्फत डिजिटल सिस्टम मार्फत गर्ने गरेका छौँ । कर्मचारीहरूको डिजिटल हाजिरीको व्यवस्था गरेका छौँ ।नगरपालिकाको डाटा बेसलाई सुदृढीकरण गर्ने काम गरिरहेको छ ।

१३ वटा शाखाबाट प्रदान गरिने सेवालाई एकीकृत सिस्टम तथा सफ्टवेयरको माध्यमबाट सेवा प्रवाह गर्ने उद्देश्यले म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम बनाउँदै छौँ, जुन इन्टिग्रेटेड सिस्टम हुन्छ । यो सिस्टम बनिसकेपछि हामीले रेड बुक पनि वेभ वेस बनाउने तयारीमा छौँ । प्रोजेक्ट बैंक बनाउने छौँ ।

न्यायिक समिति पनि आइसिटी वेस बनाउने तयारीमा लागिएको अधिकारीले स्पष्ट पार्नुभयो । नगरपालिकाले पारदर्शी सेवा, घरदैलो सेवा, छिटो छरितो सेवा बनाउने नीतिलाई आत्मसाथ गरेको छ । यसले नगरपालिकाको सेवा प्रवाह प्रणाली प्रभावकारी बनाउने छ । निर्माण भएका सफ्टवेयर नगरपालिकाकै स्वामित्वमा रहुन् भन्नका लागि सर्भर रुमको व्यवस्थापन गर्न लागिएको टोखा नगरपालिकाले जनाएको छ ।