समाचार

चट्याङ लागेर चार जना घाइते



काठमाडौँ, २६ वैशाख । बझाङको खप्तडछान्ना गाउँपालिका-७ गोरखालीमा चट्याङ लागेर चार जना घाइते भएका छन् । 

प्रहरीका अनुसार मङ्गलबार साँझ ७ः१५ बजे आइते रावतको घरमा चट्याङ लाग्दा नजिकै रहेका चार जना घाइते भएका हुन् । घाइतेमध्ये बेलुदेवी खड्का, लुरी खुड्का र दुदा रावत अचेत अवस्थामा छन् । एकिन्द खड्काको अवस्था सामान्य रहेको छ । 

घाइतेलाई उपचारका लागि स्थानीयले गडराय स्वास्थ्य चौकी ल्याइएको छ ।