समाचार

वनमा आगो लगाउने दुई जना पक्राउ



काठमाडौँ, २६ वैशाख । वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–११ को नगरपार्कमा आगो लगाएको आरोपमा सोही नगरपालिकाका २६ वर्षीय महेश विक र २३ वर्षीय सुजन विकलाई पक्राउ गरिएको हो ।  

ओखलढुङ्गा जिल्ला अदालतले अभियुक्तहरूलाई  हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ ।