समाचार

खोप छुटेका बालबालिकालाई वैशाख ३१ मा दिइने 



काठमाडौँ, २६ वैशाख । सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप दिने भएको छ ।

बृहत् खोज र खोप अभियानअन्तर्गत सो दिन खोप दिन लागिएको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको छ । 

अभियानमा पाँच वर्षसम्मका बालबालिकालाई १५ महिनाभित्र लगाइसक्नुपर्नेमध्ये छुटेको भए सोही खोप दिइनेछ  । 

खोप देशभरका सबै सरकारी स्वास्थ्य संस्थाहरूबाट दिइनेछ । राष्ट्रिय खोप तालिकाअनुसार शिशु जन्मिएदेखि १५ महिना पूरा हुँदासम्म विभिन्न रोगविरुद्धको १८ मात्रा खोप पूरा गर्नु पर्दछ ।