राजनीति

स्पष्ट लेखापरीक्षण हुन जरुरी : मन्त्री साह



काठमाडौँ, २७ वैशाख । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मुलुकमा स्पष्ट लेखापरीक्षण हुन जरुरी रहेको बताएकी छन् ।

आज काठमाडौँमा नेपाल चार्टर्ड एकाउन्टेन संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो देशभित्रका आर्थिक क्रियाकलापसँगै अन्तरदेशीय आर्थिक सम्बन्ध समेत राख्दै आएको नेपाल जस्तो मुलुकमा स्पष्ट लेखापरीक्षण हुन अत्यन्त जरुरी रहेको बताइन् ।

उनले देशको सरकारी तथा निजी क्षेत्रमा सुरक्षित अर्थनीतिमा आधारित भएर ढुक्कसँग काम गर्न वातावरण बनाउन चनाखो रहेर हिसाब मिलाउनुहुने लेखापरीक्षकहरू राष्ट्रका आर्थिक पहरेदार भएको पनि स्पष्ट पारिन् । लेखापरीक्षकहरूको पहरेदारी र खबरदारीले नै मुलुकमा हुने हरेक आर्थिक क्रियाकलाप सुरक्षित रहँदै आएको जिकिर गरिन् ।

उनले भनिन्, “हाम्रो देशको सरकारी तथा निजी क्षेत्रमा सुरक्षित अर्थनीतिमा आधारित भएर ढुक्कसँग काम गर्न वातावरण बनाउन चनाखो रहेर हिसाब मिलाउनुहुने लेखापरीक्षकहरू राष्ट्रका आर्थिक पहरेदार हुनुहुन्छ । तपाईंहरूको पहरेदारी र खबरदारीले नै मुलुकमा हुने हरेक आर्थिक क्रियाकलाप सुरक्षित रहँदै आएको छ । आफ्नो देशभित्रका आर्थिक क्रियाकलापसँगै अन्तरदेशीय आर्थिक सम्बन्ध समेत राख्दै आएको नेपाल जस्तो मुलुकमा स्पष्ट लेखा परीक्षण हुन अत्यन्त जरुरी छ ।”