Uncategorized

सुन लुटपाट गर्ने पक्राउ



काठमाडौँ, ७ जेठ । बूढानीलकण्ठ क्षेत्रबाट सुन लुटपाट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त महाराजगन्जको टोलीले बूढानीलकण्ठ नगरपालिका–२, बीएमसी स्कुल र माथिल्लो भंगाल क्षेत्रमा गहना लुटपाटमा संलग्न दुईजनालाई आइतबार बूढालीनकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका–४ का १९ वर्षीय सरोजकुमार साह र सोही स्थानका २० वर्षीय राधेश्याम साह छन् । उनीहरूले महिलाले लगाएको गहना लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ ।