समाचार

माटोको ढिस्कोले पुरिएर एक बालकको मृत्यु



काठमाडौँ, २७ वैशाख । मोरङको बुढीगंगा गाउँपालिका–६ स्थितमा माटोको ढिस्कोले पुरिएर एक बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार राति ९ बजे खोला छेउमा माटोको ढिस्कोले पुरिएको अवस्थामा ११ वर्षीय प्रकाश चौधरी फेला परेको हो । 

बुधबार घर नजिकै रहेको बुढी खोलामा साथीहरूसँग खेल्न गएका उनी अबेरसम्म घर नफर्किएपछि खोजी कार्य जारी राखिएको थियो । उनलाई तत्काल उपचारका लागि विराट मेडिकल कलेज पु¥याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।