राजनीति

कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश



काठमाडौँ, २७ वैशाख । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीको दाबी पेश भएको छ । 

उनले ५२ सांसदको हस्ताक्षरसहित संविधानको धारा १६८ (५) अनुसार प्रदेश प्रमुखसमक्ष बिहीबार मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

कांग्रेसबाट मुख्यमन्त्री रहेका केदार कार्कीलाई पदमुक्त गर्दै बुधबार प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबारसम्मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।