समाचार

कोहलपुरमा गोली चल्यो



काठमाडौँ, २७ वैशाख । बाँकेको कोहलपुरस्थित चप्पलगौँडा भन्ने स्थानमा गोली चलेको छ ।

आज बिहान लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो । काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो ।

ब्युरोबाट इन्सपेक्टर रुपेश विष्ट र सई बालकृष्ण सञ्जेलको टीमले सो अपरेशन गरेको जनाइएको छ । ब्युरोका एक अधिकारीले कारोबारी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको जानकारी दिए । ती अधिकारीका अनुसार परियारसहित अर्का एक कारोबारी पनि पक्राउ परेका छन् । परियारलाई नियन्त्रणमा लिने क्रममा एक राउण्ड गोली चलेको बताइएको छ । 

कारोबारीको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद समेत भएको ब्युरोले जनाएको छ ।