समाचार

दुई जना जुवाडे पक्राउ



काठमाडौँ, २७ वैशाख । धनुषामा दुई जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गएराति मिथिला नगरपालिका-११ बाहुनमारा बस्ने दिनेश थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा महोत्तरी बर्दिबास नगरपालिका-५ बस्ने ५९ वर्षीय अर्जुन गोले र सर्लाही हरिवन नगरपालिका-५ बस्ने ५६ वर्षीय सुकमान पाख्रिनलाई पक्राउ गरेको हो ।  

प्रहरी चौकी लालगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १८ हजार रुपैयाँसहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।