समाचार

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु



काठमाडौँ, २८ वैशाख । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आठबिसकोट नगरपालिका–१४, को २२ वर्षीय विकास खड्का र १९ वर्षीय हरि आचार्यको मृत्यु भएको हो । 

आठबिसकोट नगरपालिका–९ राडी बजारबाट जाजरकोटको रिम्नातर्फ जाँदै गरेको ट्याक्टर आठबिसकोट –१४ छेपारेमा केहीबेर अघि मात्रै दुर्घटनामा परेको थियो । घटनामा परी तीन जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागि चौरजहारी अस्पताल लगिएको र घटनाको थप विवरण आउन बाँकी छ ।