अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २ जेठ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ३८ हजार ४ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।