अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ४ जेठ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ७ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ३९ हजार ३ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।