समाचार

१९ सम्पर्कविहीन प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन



काठमाडौँ, ११ जेठ । प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १९ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

शुक्रबार सूचना जारी गरी कार्यालयले दुई महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका नेपाल प्रहरीका विभिन्न दर्जाका प्रहरीहरूलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन भनेको हो ।

कार्यालयले उनीहरूको खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत ती प्रहरी कर्मचारीहरू सम्पर्कमा नआएका जनाएको छ ।