अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १६ जेठ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ३८  हजार २ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँ बढेर प्रतितोला १९ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।