अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २३ जेठ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ४२ हजार २ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँ घटेर प्रतितोला १८ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।