काठमाडौँ, २२ मंसिर । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आफ्नो अवधारणापत्र बुझाएको छ ।
आज पार्टी मुख्यालय च्यासल पुगेर पोखरेलसहितका नेताले अवधारणापत्र बुझाएका हुन् ।
पोखरेलले महासचिव शंकर पोखरेललाई अवधारणापत्र हस्तान्तरण गरे । उनले पार्टीको ११औँ महाधिवेशनलक्षित अवधारणापत्र तयार पारेका हुन् ।
अवधारणापत्रमा पार्टी र समसामयिक विषयमा समेटिएको छ । “गत भदौ २३ गते भएको ‘जेनजी’ आन्दोलन र भदौ २४ गतेको विध्वंसपछिको परिवेशमा हामी पार्टीको महाधिवेशनमा उपस्थित भएका छौँ । यसबीचमा हामीमाथि सोधिएका प्रश्नहरू, गरिएका खबरदारीहरू, लगाइएका आरोपहरू, थोपरिएका लाञ्छनाहरू र हामीप्रति व्यक्त आशाबारेमा हामी जानकार छौँ,” अवधारणापत्रमा उल्लेख छ ।










प्रतिक्रिया दिनुहोस्