काठमाडौँ, १ साउन । नेपाली कांग्रेसभित्र आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि पार्टी उम्मेदवार छान्न आन्तरिक निर्वाचन अर्थात् ‘प्राइमरी इलेक्सन’ प्रस्ताव आएको छ । ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ‘आगामी निर्वाचनका लागि उम्मेदवार चयन गर्न केही क्षेत्रमा क्रियाशील सदस्यमाझ निर्वाचन गर्न सकिने’ प्रस्ताव राखेका हुन् ।…