सांसद सिग्देललाई कोरोना पुष्टि

काठमाडौँ, १३ असोज । बागमती प्रदेशसभाकी सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी मकवानपुरकी अध्यक्ष मनु सिग्देललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ललितपुरको विध ल्याबमा गरिएको सिग्देलको स्वाब परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको हो । घाँटी दुखेपछि सिग्देलले स्वाब परीक्षण गरेकी थिइन् । उनी अहिले काठमाडौंस्थित घरमा होम आइसोलेसनमा बसेकी छन्।  सिग्देलका श्रीमान् विरोध खतिवडा प्रतिनिधि…