काठमाडौँ, ११ बैशाख । वाग्मती प्रदेशसभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन् । नेकपा (एमाले)ले काठमाडौँ महानगरपालिकाको मेयर पदको उमेदवार बनाउने भएपछि आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई राजीनामापत्र बुझाएका हुन् । आफूले सोमबार काठमाडौं महानगरको मेयर पदमा उमेदवारी दिने उनले बताए ।