एसईईमा चिट चोराउने परीक्षा निरीक्षकसहित ६ जना पक्राउ

काठमाडौँ, २१ चैत । एसईई परीक्षामा प्रश्नपत्रको गोपनीयता भङ्ग गर्नुका साथै विद्यार्थीहरूलाई चिट चोर्न लगाउने प्रधानाध्यापक र परीक्षा निरीक्षकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनीहरूले सामाजिक सञ्जाल ह्वाट्स एपमा एसईई ग्रुप बनाएर परीक्षामा आएका प्रश्नपत्रहरू तथा सोको उत्तर समेतको विषयवस्तुहरू ह्वाट्स एपलगायतका विभिन्न सामाजिक सञ्जालमा आदान प्रदान गरी…