शतप्रतिशत खुलाबाट शिक्षक नियुक्ति खुलाउन विद्यार्थी संगठनको माग

काठमाडौँ, १८ साउन । सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट शतप्रतिशत शिक्षक नियुक्ति गर्न १६ विद्यार्थी संगठनले माग गरेका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुलाबाट शिक्षक स्थायी गर्ने व्यवस्था विद्यालय शिक्षा विधेयकमा राख्न सहमति जुटाएकै बेला सत्तारूढ र प्रतिपक्षी दलनिकट विद्यार्थी संगठनले खुला प्रतिस्पर्धाबाट मात्र शिक्षक नियुक्ति गर्नुपर्ने…