एउटै कलेजले अब पीसीएल र स्नातक नर्सिङ पढाउन पाउने

काठमाडौँ, १२ चैत । चिकित्सा शिक्षा आयोगले प्रमाणपत्र (पीसीएल) र स्नातक (ब्याचलर) नर्सिङको कक्षा एउटै कलेज/संस्थाले सञ्चालन गर्न पाउने निर्णय गरेको छ । शुक्रबार बसेको आयोग बैठकले यी दुवै कार्यक्रम एउटै संस्थाले सञ्चालन गराउन सक्ने निर्णय गरेको हो । नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष सरला केसीको संयोजकत्वमा गठित कार्यदलको सुझावका आधारमा उक्त निर्णय गरिएको आयोगका उपाध्यक्ष अञ्जनीकुमार झाले…