बामपन्थी गठबन्धन बाहेक सरकारको कल्पना गर्दैनौं – शंकर पोखरेल

काठमाडौ१२ पुस । एउटै उम्मेदवार र एकै घोषणापत्रमा चुनाव लडेर बहुमत प्राप्त गरेका वामपन्थी गठबन्धनका ठूला घटक एमाले र माओवादीको पार्टी एकता प्रकरण अहिले सर्वाधिक चर्चामा छ । सरकार गठनमा भएको विलम्बसँगै एमाले र माओवादीबीच दुरी बढेको चर्चा पनि बजारमा चलिरहेको छ ।   झन् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयंमले एमालेले फोरमसँग मिलेर सरकार बनाउने…