प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किनुभएको छ । स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री ओली आज थाइ एयरवेजको बिमानबाट आज दिउसो साढे १२ बजे उहाँ स्वदेश फर्किनुभएको हो । साउन १८ गते प्रधानमन्त्री ओली स्वास्थ्य उपचार गर्न सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य उपचार गराउन त्यसतर्फ जानुभएको थियो ।