Banner News

प्रधानमन्त्री ओलीद्वारा बकर ईदको शुभकामना



काठमाडौँ, २७ साउन । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले मुस्लिम समुदायको महान चाड बकर ईदको उपलक्ष्यमा यस समुदायका सम्पूर्ण दिदीबहिनी दाजुभाइलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

ईद–उल– अज्हा (बकर ईद)को अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपाल बहुजातीय र बहुसाँस्कृतिक देश भएकोले यहाँका सबै जाती र सँस्कृतिका चाडपर्वहरुलाई राज्यले उत्तिकै सम्मान गर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “नेपाल बहुजातीय बहुसाँस्कतिक देश हो । सबै जाती र सँस्कृतिका चाडपर्वहरुप्रति सरकारले उत्तिकै सम्मान छ ।”

प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ “बिहान सबेरै ईदको नमाज पढे पछि आआफनो घरमा दिइएको कुर्वानीको तीन हिस्सा मासुमध्ये एक हिस्सा घरमा, अर्को एक हिस्सा गरिबलाई र बाँकी एक हिस्सा इस्ट मित्रहरुलाई प्रदान गर्ने गरिन्छ । यस्तो प्रचलनले मानवीयताको एउटा नमुना प्रदर्शन गरेको छ ।”