काठमाडौं ७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सातै प्रदेशका मुख्यमन्त्रीसँग सामूहिक छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच छलफल भएको हो । प्रदेश सरकारले काम नपाएको गुनासो आइरहेको बेला प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसँग छलफल गरेका हुन् । प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसँगको छलफलमा प्रदेश सरकार सञ्चालनका कठीनाई, समस्या र केन्द्रले गर्नुपर्ने सहयोगमा विषयमा…